• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

    • lumbinisanjal
    • २०८२ आश्विन २०, सोमबार १२:३१
    2.2K
    SHARES
    अवरुद्ध रिडी–तम्घास सडक खुल्यो

    गुल्मी,२० असोज । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडकखण्ड खुलेको छ ।

    उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐ ३ स्थित पानीट्याङ्की नजिकै चट्टानसहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो ।

    सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

    मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ । (रासस)



    lumbinisanjal   
  • २०८२ आश्विन २०, सोमबार १२:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP