• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    आन्दोलनमा तोडफोड र लुटपाट : राजस्व अनुसन्धान कार्यालय बुटवलको सामान फिर्ता गर्न सार्वजनिक अपिल

    • lumbinisanjal
    • २०८२ भाद्र ३०, सोमबार १४:३८
    3.7K
    SHARES
    आन्दोलनमा तोडफोड र लुटपाट : राजस्व अनुसन्धान कार्यालय बुटवलको सामान फिर्ता गर्न सार्वजनिक अपिल

    बुटवल, ३० भदौ । जेनजी समुहको २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा बुटवल स्थित राजस्व अनुसन्धान कार्यालयमा भएको तोडफोड, आगजनी र चोरी–लुटपाटमा संलग्न व्यक्तिहरूलाई चोरी तथा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल गरिएको छ ।

    राजस्व अनुसन्धान विभाग अन्तर्गत बुटवल राजस्व अनुसन्धान कार्यालयले सोमबार एक सूचना जारी गर्दै आन्दोलनकै समयमा कार्यालयमा रहेका टिभी, कम्प्युटर सेट, ल्यापटप, फर्निचर, भाँडाकुडा, खाद्यान्नलगायत विभिन्न कार्यालय सामग्री चोरी–लुटपाट भएको जनाएको छ ।

    सूचनामा भनिएको छ, “लुटपाट र चोरीमा संलग्न व्यक्तिहरूको फोटो तथा भिडियोहरू प्राप्त भएको हुँदा पहिचान गर्ने कार्य भइरहेको छ । कसैले राजस्व अनुसन्धान कार्यालयबाट चोरी–लुटिएका सामग्री लुकाएको वा प्राप्त गरेको भए तत्काल राजस्व अनुसन्धान कार्यालय बुटवल वा नजिकैको प्रहरी कार्यालयमा बुझाइदिनुहुन अनुरोध गरेको छ । अन्यथा कानूनी कारबाहीमा पर्न सकिने जानकारी गराइन्छ , बिज्ञप्तीमा भनिएको छ ।”

    राजस्व अनुसन्धान कार्यालयले कानुनको दायरामा ल्याउन सम्पूर्ण प्रक्रिया अघि बढाइरहेको र सार्वजनिक सम्पत्तिको सुरक्षा सबैको जिम्मेवारी भएको समेत जानकारी दिएको छ ।

    बिज्ञप्ती :



    lumbinisanjal   
  • २०८२ भाद्र ३०, सोमबार १४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP