• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ओपल एजुकेशन कन्सल्टेन्सी बुटवलको सातौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    • lumbinisanjal
    • २०८२ श्रावण ३०, शुक्रबार १६:४९
    5.3K
    SHARES
    ओपल एजुकेशन कन्सल्टेन्सी बुटवलको सातौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    बुटवल, साउन ३० । ओपल एजुकेशन कन्सल्टेन्सी बुटवलले आफ्नो सातौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। पाल्पा रोडस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा व्यवस्थापन टोली र कर्मचारीहरूबीच अनुभव आदान–प्रदान, सम्मान तथा आगामी योजनाबारे छलफल गरिएको थियो ।

    शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर सेवामुखी प्रतिबद्धता बोकेर अगाडि बढ्दै आएको ओपल एजुकेशनले हाल अष्ट्रेलिया, जापान, बेलायत लगायत अन्य देशमा अध्ययनका लागि विद्यार्थीहरूलाई मार्गदर्शन गर्दै आएको छ।

    पाल्पा तानसेनमा शाखा सञ्चालनमा रहेको कन्सल्टेन्सीले चाँडै नै भैरहवामा नयाँ शाखा खोल्ने तयारी समेत गरेको छ।

    कार्यक्रममा बोल्दै सिइओ गणेश गौडेलले , “हामीले स्थापना दिवसलाई केवल उत्सवको रूपमा मात्र होइन, गत सात वर्षको हाम्रो यात्रा मूल्यांकन गर्ने अवसरका रूपमा पनि लिएका छौं । विद्यार्थीको सपना साकार पार्न सही परामर्श र इमानदारी हाम्रो पहिलो प्राथमिकता हो ।”

    त्यसैगरी डाइरेक्टर जगन्नाथ गौडेलले , “हाम्रो टिम सानो भए पनि एकजुट र प्रतिबद्ध छ। विद्यार्थीको भविष्यलाई सुरक्षित र उज्जवल बनाउन हामी सधैं पारदर्शी सेवा र गुणस्तरीय मार्गदर्शनमा विश्वास गर्छौं।”

    वार्षिकोत्सव कार्यक्रममा म्यानजिङ डाइरेक्टर लक्ष्मण पौडेल, टिम सदस्यहरू तिर्सना पन्थी, तिलका गौतम, आकृति पंगेनी र अस्मिता थापाले आफ्नो अनुभव र योगदान प्रस्तुत गरेका थिए।



    lumbinisanjal   
  • २०८२ श्रावण ३०, शुक्रबार १६:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP