• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल सोसल ग्रुपको रक्तदान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ श्रावण २४, शनिबार १७:४५
    4.3K
    SHARES
    बुटवल सोसल ग्रुपको रक्तदान कार्यक्रम सम्पन्न

    बुटवल, २४ साउन । सामाजिक कार्यमा सक्रिय बुटवल सोसल ग्रुपको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन गरिएको छ ।

    कार्यक्रममा सोसल ग्रुपका अध्यक्ष भोजबहादुर थापाले रक्तदानलाई जीवन बचाउने महान कार्यका रूपमा हेरिनुपर्ने बताएका थिए । उनले रक्तदान नै जीवनदान भएको र सवैले आफ्नो स्तरबाट रक्तदान गर्नुपर्ने बताए  ।

    कार्यक्रममा सचिव अशोक राईले सञ्चालन गर्दै रक्तदानको महत्वबारे विचार व्यक्त गरे ।

    सो अवसरमा सदस्य नबिन खाती, प्राविधिक चन्द्र झेडी मगर, प्रीति थापा लगायतको उपस्थिति रहेको थियो ।

     



    lumbinisanjal   
  • २०८२ श्रावण २४, शनिबार १७:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP