• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाली विद्यार्थी प्रकृतिमाथीको ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस्

    • lumbinisanjal
    • २०८१ फाल्गुन ६, मंगलवार ०७:१४
    1.4K
    SHARES
    नेपाली विद्यार्थी प्रकृतिमाथीको ज्यादतीबारे सांसदहरूले भने- सरकारले भारतसँग तत्काल वार्ता गरोस्

    काठमाडौं, ६ फाल्गुन । राष्ट्रिय सभा बैठकमा भारतका विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी असुरक्षित भएको विषय उठेको छ ।

    मंगलबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इण्डस्ट्रिय टेक्नोलोजीमा अध्ययरत बुटवलकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युले नेपाली विद्यार्थीहरू असुरक्षित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    सांसद रेणु चन्दले भारतका विश्वविद्यालय नेपाली विद्यार्थीका लागि असुरक्षित भएकै हो भनेर प्रश्न उठाएकी छन् । उनले यसबारेमा नेपाल सरकारले तुरुन्त भारतसँग कुरा गर्नुपर्ने बताइन् ।

    केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि बर्बर दमन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । सांसद रुक्मिणी कोइरालाले प्रकृति लम्सालको मृत्यु शंकास्पद देखिएको भन्दै नेपाली विद्यार्थीको उद्दारबारे सरकारले पहल गर्नुपर्ने बताइन् ।

    नेपाली युवती स्वदेश र विदेशमा किन यस्तो घटनामा पर्छन् भन्दै उनले असन्तुष्टि जनाइन् । सांसद विष्णुकुमारी सापकोटाले भारतसँग कूटनीतिक वार्ता गरेर सरकारले नेपाली विद्यार्थीको उद्दार गर्नुपर्ने बताइन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन ६, मंगलवार ०७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP