• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    मलामी (कविता)

    • lumbinisanjal
    • २०८२ श्रावण ८, बिहीबार १५:४४
    5.3K
    SHARES
    मलामी (कविता)

    ✍️हेमन्त गिरी

    यतिबेला म मरेको छु

    मेरो लाश बोकिरहेको मानिस
    मेरै तेह्र दिने दाजुभाई हो,
    जो मसंग तेह्र वर्ष बोलेन !

    अर्को छ
    मेरो लाश बोक्न पालो कुरिरहेको
    ऊ घर जोडिएको छिमेकी हो
    जसको मन मसंग कैलै जोडिन मानेन !

    पछाडि छन्
    मलाई जलाउने विधिबारे
    छलफल गरिरहेका आफन्तहरू
    जसले मलाई चलाउने विधिबारे
    कहिलै छलफल गरेनन् !

    धेरै छन् यो मलामीको भिडमा
    जो मौन छन,
    कसैले चलन निभाइरहेका छन !
    कसैले जलन निभाइरहेका छन् !

    कतिले मलामी आउन पाइन
    भन्ने सन्देश पठाएका छन् !
    ती तिनै हुन्
    जो जिऊँदो हुन्जेल आउन नै चाहेनन् !

    म सोंचिरहेछु-
    लाश बनेपछि यति प्यारो हुने मानिस
    सास हुन्जेल किन प्यारो नहुने होला ?!

    ऊ..
    हस्यांगफस्यांग गर्दै कोही आइपुग्यो
    अन्तिमपटक मेरो मुख हेर्न भनी !
    सायद त्यो मेरो छोरो हो
    जसले तेरो मुख कहिलै हेर्दिन भनी
    घर छोडेको थियो !!

    लाशले ठुलो कुरो गर्यो
    नभन्नुहोला है,,
    जिऊँदो हुन्जेल त
    कहाँ बोल्न सकिंदो रहेछ र
    बेबारिसे मरिन्छ कि भन्ने डरले पनि !
    मरियो हजुर शानदार मरियो,
    बाँचुन्जेल जसरी बाँचे पनि !

    खोई त हजुरको फुलबुट्टे श्रद्धान्जली ?
    छुट्नुहोला नि फेरि…!!!

     



    lumbinisanjal   
  • २०८२ श्रावण ८, बिहीबार १५:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP