• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार २३:३८
    1.7K
    SHARES
    नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

    नवलपरासी,०६ साउन ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

    स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए ।

    उपचारका लागि अस्पताल ल्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका हुन् ।



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार २३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP