• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

    • lumbinisanjal
    • २०८२ असार २९, आईतवार १४:३४
    2.8K
    SHARES
    युवतीको मृत्युपछि ‘छाउगोठ’ भत्काउन कृष्णपुर नगरपालिकाको निर्देशन

    कञ्चनपुर,२९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले एक युवतीको छाउगोठमा मृत्यु भएपछि छाउपडी गोठहरू भत्काउन वडा कार्यालयहरूलाई निर्देशन दिएको छ ।

    कृष्णपुर नगरपालिका वडा नम्बर १ निगालीकी २८ वर्षीया कमला दमाईको महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेको अवस्थामा सर्पले डसेर शनिबार मृत्यु भएपछि नगरपालिकाले १५ दिनभित्र छाउपडी गोठहरू भत्काउन निर्देशन दिएको हो ।

    नगरपालिकाले उक्त कार्य कार्यान्वयनमा नल्याए सम्बन्धित पक्षलाई कानूनी कारबाहीसहित १० हजार रुपैयाँ जरिवाना हुने कुरा सम्बन्धितहरूलाई जानकारी गराउन पनि अनुरोध गरेको छ ।

    नेपालको सुदूरपश्चिम क्षेत्रमा अहिले पनि महिनावारी भएका समयमा महिलाहरूलाई ‘अशुद्ध’ ठानी घर, परिवार र समाजबाट अलग गोठमा राख्ने प्रचलन कायमै छ ।

    मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० मा भेदभाव र अपमानजनक व्यवहारसम्बन्धी कसुर शीर्षकको दफा १६८ उपदफा (३) मा महिलाको रजस्वला र सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन भनिएको छ ।

    यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ ।



    lumbinisanjal   
  • २०८२ असार २९, आईतवार १४:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP