• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    मायादेवीमा योग र ध्यान अभ्यासबारे सचेतना कार्यक्रम सञ्चालन

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार १९:१४
    2.7K
    SHARES
    मायादेवीमा योग र ध्यान अभ्यासबारे सचेतना कार्यक्रम सञ्चालन

    बुटवल, १९ असार । मानसिक स्वास्थ्य सेवा प्रवर्द्धननका लागि रुपन्देहीको मायादेवी गाउँपालिकामा दुईदिने योग ध्यान कार्यक्रम सुरु भएको छ ।

    लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, रुपन्देहीको आयोजना तथा मायादेवी गाउँपालिकाको समन्वयमा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाको आयुर्वेद शाखाले वडावडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

    उहाँले तनावकाबीच काम गरिरहनुपर्ने भएकाले तनाव व्यवस्थापन तथा स्वास्थ्यका लागि नियमित योग ध्यान जरुरी रहेको बताउनुभयो ।

    त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले योग, ध्यान र व्यायामले शरीरका धेरै समस्या न्यूनीकरण हुने बताउनुभयो । उहाँले खानपिनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    मायादेवी गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख ध्रुवराज भण्डारीले नियमित रुपमा योग र ध्यानलाई प्रयोगमा नल्याएसम्म जतिसकुै कुरा गरे पनि त्यसको प्रतिफल प्राप्त नहुने बताउनुभयो ।

    उहाँले ध्यानको नियमित अभ्यास नगरेसम्म मानसिक तनाव न्यूनीकरण हुन नसक्ने बताउनुभयो ।

    ‘शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ हुन नसके दिनचर्या नै अस्तव्यस्त हुन्छ, योग र ध्यानलाई नियमित अभ्यासमा ल्याउन सके तनाव व्यवस्थापन गर्न सकिन्छ, ’उहाँले भन्नुभयो ।

    लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, रुपन्देहीका निमित्त कार्यालय प्रमुख गणेश सापकोटाले योग ध्यानलाई बिहानको समय उपयुक्त हुने बताउनुभयो ।

    उहाँले काम गर्दै जाँदा तनाव हुने भएकाले तनाव व्यवस्थापनका लागि योग ध्यान आवश्यक रहेको बताउनुभयो ।

    नागरिक आरोग्य समूहका संयोजक तारा प्रसाद जैसीले योग ध्यानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रधानाध्यापक लगायतको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण डा. योगेश ढकाल र डा. सन्दीप कार्कीले सहजीकरण गर्नुभएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार १९:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP