• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती

    • lumbinisanjal
    • २०८२ असार १९, बिहीबार ११:०६
    3K
    SHARES
    मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती

    अभयले लिए चार विकेट

    काठमाडौं,१९ असार । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले मलेसियालाई ९० रनमा रोकेको छ ।

    क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३.१ ओभरमा अलआउट गर्दै ९० रनमा रोकेको हो । ९१ रनको चुनौती पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    मलेसियाका लागि मुहम्मद फतुल मुइनले सर्वाधि ३८ रन बनाउँदा डिज प्याट्रो १० रन थपे । उसका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    नेपालका लागि अभय यादवले चार विकेट हात पारे । १० ओभर बलिङ गर्दा १५ रन दिएर चार विकेट हात पारेका हुन् । शुभम खनालले तीन विकेट हात पारे । १० ओभर बलिङ गर्दा चार मेडन राख्दै १२ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि कप्तान विपिन शर्मा र सचिन भट्टले एकएक विकेट हात पारे ।

    समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपाल उपाधि दाबेदार टिम हो । समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो।

    दोस्रो सेमिफाइनलमा आजै हङकङ र सिंगापुर भिड्दै छन्। हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो।

    सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ।

     



    lumbinisanjal   
  • २०८२ असार १९, बिहीबार ११:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP