• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    संसदमा संवाद, सहकार्य र सहमति आवश्यक : सभामुख घिमिरे

    • lumbinisanjal
    • २०८२ असार १६, सोमबार ११:५३
    2.1K
    SHARES
    संसदमा संवाद, सहकार्य र सहमति आवश्यक : सभामुख घिमिरे

    काठमाडौं ,१६ असार ।  संसद दिवस २०८२ को अवसरमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई संवाद र सहकार्यमार्फत दलीय सहमति कायम गर्न आह्वान गरेका छन्।

    उनले संसदको गरिमा उच्च राखी जनअपेक्षा सम्बोधनमा एकजुट भएर अघि बढ्न आग्रह गरे।

    सभामुख घिमिरेले लोकतान्त्रिक शासनको आधार संवाद, सहकार्य र सहमति भएको उल्लेख गर्दै संसद वादविवाद होइन, संवादको थलो हुनुपर्ने धारणा राखे। उनले संसदलाई जनउत्तरदायी बनाउन स्वतन्त्र प्रेस, नागरिक समाज र सचेत नागरिकको योगदानप्रति आभार व्यक्त गरे।

    संसद दिवसको अवसरमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले संसद जनताको सार्वभौमसत्ताको प्रमुख संस्था भएको बताए। संविधानमा करसम्बन्धी प्रस्ताव संसदमा प्रस्तुत गर्नुपर्ने व्यवस्था लोकतान्त्रिक मूल्यको सम्मान भएको उनको भनाइ थियो।



    lumbinisanjal   
  • २०८२ असार १६, सोमबार ११:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP