• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    आजको मौसम : पहाडी भूभागमा वर्षा, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

    • lumbinisanjal
    • २०८२ असार १३, शुक्रबार ०७:१६
    3.1K
    SHARES
    आजको मौसम : पहाडी भूभागमा वर्षा, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

    बुटवल ,१३ असार ।  देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    मनसुनी प्रभावका कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जानकारी दिइएको छ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमानअनुसार आज दिउँसो पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।

    देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

    आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

    यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा पनि हुन सक्नेछ।

    भारी वर्षाका कारण नदीको जलस्तर बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहने हुँदा जनस्वास्थ्य, कृषि, जनजीवन, यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



    lumbinisanjal   
  • २०८२ असार १३, शुक्रबार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP