• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    डा. शेखर कोइरालाको पहलपछि कारबाही फुकुवा

    • lumbinisanjal
    • २०८२ पुष १३, आईतवार ०९:३१
    1.7K
    SHARES
    डा. शेखर कोइरालाको पहलपछि कारबाही फुकुवा

    काठमाडौं ,१३ पुस ।नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाको निरन्तर दबाब र खबरदारीपछि आज नेपाली कांग्रेसले कारबाही फुकुवा गरेको छ । कारबाही फुकुवाका लागि उनले विगत देखि नै पार्टी सभापति तथा पदाधिकारीसंग छलफल गर्दै आइरहेका थिए ।

    आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगतको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका सबैलाई कारबाही फुकुवा गरेको छ । उम्मेदवारसंगै प्रस्तावक, समर्थक तथा असहयोग गर्ने सबैको कारबाही फुकुवा गरेको छ ।

    पार्टीको अनुशासन उल्लंघन गरेका नेताकार्यकर्तामाथि केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन तथा विधानअनुसारको स्वतः कारबाहीको बाँकी अवधि माफी तथा मिनाहा गर्ने निर्णय गरेको छ। साथै, कारबाही माफी पाएका व्यक्तिहरुको क्रियाशील सदस्यता निरन्तरता दिँदै नवीकरण गर्ने निर्णय पनि गरिएको छ।

    वरिष्ठ नेता डा. कोइरालाले केही दिन अघि मात्र नेपाली कांग्रेसका सभपति शेर बहादुर देउवालाई भेटेरै कारबाही परेका सबै नेता तथ कार्यकर्ताको बिना शर्त कारबाही फुकुवा गर्नु आग्रह गरेका थिए। डा. कोइरालासंगको छलफलपछि मात्र सभापति देउवा कारबाही फुकुवा गर्न सहमत भएका थिए ।

    डा.कोइरालाले पार्टीको केन्द्रीय कमिटिको बैठक पनि पार्टीले कारबाही गरेकाहरुको कारबाही फुकुवा हुनु पर्ने माग गरेका थिए । उनले सार्वजनिक कार्यक्रम तथा पार्टीका आन्तरिक कार्यक्रममा पनि अनुशासनको कारबाही सच्याउन तथा फुकुवा गर्ने दबाब दिदैं आइरहेका थिए।

    अन्तत: डा. कोइरालाको पहलपछि पार्टी कारबाहीमा परेका उम्मेद्वारहरुसहित सबैको कारबाही फुकुवा गर्न बाध्य भएको हो । कारबाही फुकुवापछि पार्टीभित्र लामो समयदेखि रहेको विवाद पनि सकिएको छ



    lumbinisanjal   
  • २०८२ पुष १३, आईतवार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP