• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनीमा योग दिवस सम्पन्न

    • lumbinisanjal
    • २०८२ असार ६, शुक्रबार १८:५५
    1.8K
    SHARES
    लुम्बिनीमा योग दिवस सम्पन्न

    बुटवल,०६ असार । लुम्बिनी- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोषसँगको सहकार्यमा गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा योग प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

    ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी प्रमुख अतिथि थिए ।

    दुवै अतिथिहरूले भगवान् बुद्धको पवित्र जन्मभूमिमा यस्तो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिनु गौरवको विषय भएको बताए । उनीहरूले यसले भारत–नेपाल सम्बन्धलाई अझ सुदृढ बनाएकोमा भारतीय राजदूतावासप्रति आभार जनाए ।

    उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ अधिकारीहरूका साथै ५०० भन्दा बढी योगप्रेमीहरू सहभागी थिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले योगको ऐतिहासिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पारे ।

    उनले योग भारतमा उत्पन्न भएको एउटा प्राचीन अभ्यास भए पनि सन् २०१४ मा संयुक्त राष्ट्रसंघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएसँगै यो अभ्यास विश्वव्यापी आन्दोलनका रूपमा फैलिएको उल्लेख गरे ।

    राजदूत श्रीवास्तवले शान्ति र सद्भावको प्रतीक लुम्बिनीलाई योगका कालातीत मूल्यहरू मनाउन अत्यन्त उपयुक्त स्थल भन्दै लुम्बिनी विकास कोषलाई कार्यक्रम सफल बनाउन दिएको सहयोगका लागि धन्यवाद दिए ।

    उनले लुम्बिनीलाई आध्यात्मिक र धार्मिक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न योग कार्यक्रमहरूले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    यो कार्यक्रम भारतीय राजदूतावासद्वारा नेपालका विभिन्न शहरहरूमा सञ्चालन गरिएका ११औं अन्तर्राष्ट्रिय योग दिवसका गतिविधिहरूको श्रृंखलाको एक भाग हो।

    राजदूतावासले शनिबार पोखरा महानगरपालिकासँग सहकार्य गर्दै पोखरा रंगशालामा विशाल योग प्रदर्शनको आयोजना गर्ने जानकारी दिएको छ।



    lumbinisanjal   
  • २०८२ असार ६, शुक्रबार १८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP