• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    पोखरा कोटीहोममा जग्गा दान गर्ने भक्तजनको लर्को

    • lumbinisanjal
    • २०८२ असार ४, बुधबार ००:२०
    1.7K
    SHARES
    पोखरा कोटीहोममा जग्गा दान गर्ने भक्तजनको लर्को

    पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    ढकालका अनुसार,अहिलेसम्म विभिन्न ठाउँमा भएका महायज्ञ, कोटिहोममा भक्तजनले ३५ रोपनी भन्दा बढी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन्। कोटिहोममा नगद मात्र नभई जग्गा दान गर्ने भक्तजन दिन प्रतिदिन बढ्दै गएका छन ।

    पोखरामा मानव सेवा फाउन्डेसनको भवन निर्माण गर्नका लागि पोखरा–५ पस्याड्ड निवासी गङ्गा केसीको परिवारले दुई रोपनी जग्गा प्रदान गरेको व्यवस्थापक बिष्णु थापाले जानकारी दिए । त्यस स्थानमा आश्रम बनाएमा अझै जग्गा थप गर्ने केसीले जानकारी दिइन् । फाउन्डेसनलाई आश्रम स्थापनाकै लागि पोखराबाट धेरै भक्तजन र धार्मिक सङ्घ संस्थाले जग्गा दान गर्ने सूचना दिएको उनले जानकारी दिए ।

    पोखरा जारी कोटिहोममा पोखरा महानगर पालिका वडा नं. ३३ बस्ने नीलकण्ठ पौडेलले मानव सेवा फाउन्डेसनलाई जग्गा दान गरेका छन् । उनले फाउन्डेसनलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरे ।

    यसै गरी सित गङ्गा नगरपालिका वडा नं. ३ अर्घाखाँची कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम, रामप्रसाद वेलवासेले २ रोपनी जग्गा मानव सेवा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

    भिरकोट नगर पालिका वडा नं. २ स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी, वेलकोट गढी नगरपालिका वडा नं. २ नुवाकोटका पार्वती भट्ट न्यौपाने पशुपति कोटिहोममा ४ आना र गण्डकी कोटिहोममा ४ आना गरी ८ आना, पथरी शनिश्चरे नगर पालिका वडा नं. ३ मोरङका छत्रमान श्रेष्ठ बाट ३ कठ्ठा लालवन्दी नगर पालिका वडा नं. १ सर्लाहीका राजकिसोर चौधरीले ५ धुर जग्गा फाउन्डेसनको नाममा प्रदान गरेका छन् ।

    त्यस्तै अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

    वेलगाडी नगरपालिका वडा नं. २ नुवाकोट निवासी राम शरण न्यौपानेले ४ आना जग्गा प्रदान गरेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    पोखरामा जारी कोटिहोममा पनि जग्गा दान गर्ने धेरैको आश्वासन पाएकोले पनि यहाँका भक्तजनबाट १ सय रोपनी भन्दा बढी जग्गा उपलब्ध हुने अनुमान गरिएको छ । महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञमा भक्तजनको लाखौँ सङ्ख्यामा उपस्थिति सँगै आर्थिक र जग्गा दानले महायज्ञ सफल भएको बताए ।

    यज्ञको पूर्णाहुतिसँगै आज देखि तिलक र भष्म विरतण गरिने कार्यक्रम रहेको छ । उनका अनुसार यज्ञमा राखिएका जल सहितका कलश पनि वुकिङ गरेकाले आज देखि नै घरमा लैजान पाउनेछन् ।

     



    lumbinisanjal   
  • २०८२ असार ४, बुधबार ००:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP