• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    टि २०आई सिरिज:नेपाल र स्कटल्याण्ड भिड्दै

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार १३:४८
    3.7K
    SHARES
    टि २०आई सिरिज:नेपाल र स्कटल्याण्ड भिड्दै

    काठमाडौं ,०३ असार । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत आज घरेलु टोलीको सामना गर्दैछ ।

    नेपाली समयअनुसार रातको ७:४५ बजे सुरु हुने खेलमा नेपाल सिरिजको पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो ।

    यता स्कटल्याण्डले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो । अंक तालिकामा स्कटल्याण्ड २ अंकसाथ शीर्ष स्थानमा छ । नेपालले भने खाता खोल्न बाँकी छ ।

    नेपालले नेदरल्यान्ड्सविरुद्ध खेलमा किरण ठगुन्ना र रुपेश सिंहलाई डेब्यु दिएको थियो । दुवैका लागि उक्त खेल सम्झनलायक भने रहेन । आजको खेलमा टोलीमा केही परिवर्तन हुने सम्भावना छ । तीव्र गतिका बलर नन्दन यादवले हिजोको खेलमा चोट बोकेका कारण आज विश्राम लिन सक्छन् ।

    नेपालका लागि हिजो रिजन ढकाल, भिम सार्की, आरिफ शेख, बसीर अहमद र आसिफ शेख बेन्चमा रहेका थिए । आज रिजन ढकालले अवसर पाउने सम्भावना छ ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार १३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP