• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    अस्ट्रेलियाको बलिङलै कारण हार्यो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट

    • lumbinisanjal
    • २०८२ जेष्ठ ३०, शुक्रबार ०७:०७
    2K
    SHARES
    अस्ट्रेलियाको बलिङलै कारण हार्यो अफ्रिका : कप्तान कुमिन्सले लिए ६ विकेट

    लण्डन,३० जेठ । अहिलेसम्म कुनै पनि संरचनाको क्रिकेटमा विश्व च्याम्पियन हुन नसकेको दक्षिण अफ्रिकाका लागि टेस्ट विश्व च्याम्पियनसिपमा पनि धक्का लागेको छ।

    लण्डनमा जारी टेस्ट विश्व च्याम्पियन सिपको उपाधि भिडन्तमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले पहिलो पारीमा १३८ रनमा सीमित गरेको छ।

    बिहीबार दोस्रो दिनको खेल सकिँदा दोस्रो पारी सुरु गरिसकेको अस्ट्रेलियाले ८ विकेटको क्षतिमा १४४ रन जोडेको छ। पहिलो पारीमा २१२ रन जोडेको अस्ट्रेलियाले २१८ रनको अग्रता लिएको छ। दुई विकेट बाँकी छ।

    तेस्रो दिन मिचेल स्टार्कले १६ तथा नाथन लियोनले १ रनबाट खेल्न सुरु गर्ने छन्। दक्षिण अफ्रिकाका कासिगो रबाडा र लुंगी एनगीडीले समान ३ विकेट लिए। अस्ट्रेलियाका एलेक्स क्यारीले सर्वाधिक ४३ रन जोडे। साथै मार्नस लाबुसाङ्गेले २२ रन जोडे।

    यसअघि दक्षिण अफ्रिकाको पारी ध्वस्त गर्ने क्रममा कप्तान प्याट कुमिन्सले ६ विकेट लिए। १८ दशमलव १ ओभर बलिङ गरेका उनले २८ रन मात्र खर्चिए। दक्षिण अफ्रिकाका डेभिड बेडिङगमले ४५ रन जोडे। कप्तान तेम्भा बभुमाले ३६ रनको योगदान गरे।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ३०, शुक्रबार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP