• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ पुष २८, सोमबार ११:५७
    1.1K
    SHARES
    बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

    बैतडी, २८ पुस । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

    मृतक तीनै जना पुरूष रहेका र सनाखत हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्युु भएको खबर छ, सनाखत हुन सकेको छैन ।”

    जिपमा कति जना सवार रहेका थिए भन्नेसमेत खुल्न सकेको छैन ।अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । रासस



    lumbinisanjal   
  • २०८२ पुष २८, सोमबार ११:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP