• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    मंगलबारको दिन भुलेर पनि गर्न नहुने २० काम

    • lumbinisanjal
    • २०८२ जेष्ठ २७, मंगलवार ०४:५९
    3.5K
    SHARES
    मंगलबारको दिन भुलेर पनि गर्न नहुने २० काम

    काठमाडौं,२७ जेठ । मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यस दिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हुनमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ ।

    यसरी मंगलबारको दिन भगवानको आराधना गरे लाभै लाभ मिल्नेछ । तथापी केहि कामहरु भने मंगलबारको दिन गर्न वर्जित गरीएको छ ।

    धर्मशास्त्रका अनुसार मंगलबारको दिन ति काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ । के के हुन् मंगलबार गर्न नहुने कामः

    १. मंगलबारको दिन कपाल वा दारी काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ ।
    २. मंगलबारको दिन नङ काट्नु हुँदैन ।
    ३. मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ ।
    ४. मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।
    ५. यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।
    ६. मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।
    ७. मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।
    ८. यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।
    ९. मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।
    १०. हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।
    ११. मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।
    १२. मंगलबारको दिन धारिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।
    १३. मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।
    १४. मंगलबार पशु बलि दिनु हुँदैन । पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।
    १५. मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।
    १६. मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।
    १७. मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खँ“दा कुटुम्बको क्षय हुन्छ ।
    १८. यस दिन मदिरा सेवन गर्नु हुँदैन यसले क्रोध वृद्धि गर्ने र आपराधिक मानसिकता बनाउछ ।
    १९. मंगलबारको दिन झगडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।
    २०. मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २७, मंगलवार ०४:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP