• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    युवा व्यवसायी न्याैपाने दम्पतीले जन्मदिनमा गरे रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

    • lumbinisanjal
    • २०८२ जेष्ठ २६, सोमबार १६:५७
    3.9K
    SHARES
    युवा व्यवसायी न्याैपाने दम्पतीले जन्मदिनमा गरे रक्तदान कार्यक्रम, ६१ युिनट संकलन

    बुटवल ,२६ जेठ । पछिल्लो समय बिभिन्न अवसरमा रक्तदान गर्ने प्रचलन बढ्न थालेको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपोस भन्ने उदेश्यका साथ हुने रक्तदान पछिल्लो समय कार्यक्रम नै आयोजना गरि मनाउन थालिएको हो ।

    यसैबिच बुटवलका युवा व्यवसायी तुल्सीराम न्यौपाने दम्पतीको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय सचिव तुल्सीराम न्यौपाने र उनकी श्रीमती सृष्टि न्यौपानेको जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६१ युनिट रगत संकलन भएको युवा व्यवसायी न्यौपानले जानकारी दिए ।

    रक्तदान कार्यक्रममा बोल्दै माओबादी केन्द्र रुपन्देही इन्चार्ज निर्मल जिसीले व्यवसाय संगै सामाजिक कार्य गरेकोमा न्यौपाने दम्पतीलाई धन्यवाद दिँदै समाजसेवामा ध्यान दिन आग्रह गरे । उनले जन्मदिनमा रक्तदान जस्तो महत्वपूर्ण कार्य भएको बताए ।

    कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीले जन्मदिनबाट शुरु भएको रक्तदान नियमित तीन तीन महिनामा अनिवार्य गर्नेगरी अगाडी बढ्न सुझाब दिए । उनले रक्तदान निकै महत्वपूर्ण रहेको बताउँदै सबैले नियमित रक्तदान गरेमा रगतको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताए ।

    नियमित रक्तादाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीले व्यवसायीले सामाजिक उत्तरदायीत्वका कामहरु गर्नुपर्ने बताउँदै यस्ता गतिविधिले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

    कृष्ण प्रसाद न्यौपानेको संयोजन तथा हिमाल खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान गर्नेहरुलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २६, सोमबार १६:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP