• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    मालिकामा ३९० घण्टे मोटरसाइकल मिस्त्री तालिम सम्पन्न

    • lumbinisanjal
    • २०८२ जेष्ठ २१, बुधबार ०९:०७
    3K
    SHARES
    मालिकामा ३९० घण्टे मोटरसाइकल मिस्त्री तालिम सम्पन्न

           १५ जनाले दिए राष्ट्रिय सीप परीक्षा

    बासुदेब पोख्रेल /गुल्मी,२१ जेठ । गुल्मीको मालिका गाउँपालिकामा सञ्चालन गरिएको ३९० घण्टे मोटरसाइकल मिस्त्री तालिम  सम्पन्न भएको छ। घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको पहलमा सञ्चालित उक्त तालिममा सहभागी १६ जनामध्ये १५ जनाले राष्ट्रिय सीप परीक्षा (NSTB) दिएका छन्।

    दुई चरणमा सम्पन्न परीक्षा २०८२ जेठ १९ र २० गते मालिका गाउँपालिका–४ स्थित “आशिर्वाद मोटरसाइकल वर्कसप” मा सञ्चालन गरिएको थियो। सहभागीमध्ये डिलाराम कामी वैदेशिक रोजगारीमा रहेको कारणले परीक्षा दिन नसकेको कार्यालयले जनाएको छ।

    परीक्षण केन्द्रको नेतृत्व घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले गरेका थिए भने कार्यक्रम संयोजक मिलन भण्डारी निरीक्षकको रूपमा रहेका थिए  मूल्यांकनकर्तामा भीमप्रसाद पाण्डे र प्रवेश आचार्य संलग्न थिए।

    परीक्षण अवलोकनका लागि मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्याल, उपाध्यक्ष  उपेन्द्र अर्याल  र वडा नं. २ का वडा अध्यक्ष विनोद श्रीसको विशेष उपस्थिति रहेको थियो।

    औपचारिक शिक्षाको अवसर नपाएका युवाहरूमाझ सीप सिकाएर स्वरोजगारमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको तालिमले सकारात्मक प्रभाव पारेको आयोजक संस्थाले जनाएको छ। तालिमले स्थानीय तह र संघीय निकायबीचको समन्वयमार्फत युवा सीप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सरोकारवालाहरूले प्रशंसा गरेका छन्।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २१, बुधबार ०९:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP