• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    छत्रकोटका दीर्घ रोगीहरुलाई मासिक एक हजार भत्ता

    • lumbinisanjal
    • २०८२ जेष्ठ २०, मंगलवार ०९:३६
    2.4K
    SHARES
    छत्रकोटका दीर्घ रोगीहरुलाई मासिक एक हजार भत्ता

    गुल्मी, २० जेठ । छत्रकोट गाउँपालिका गुल्मीले दीर्घ रोगी बिरामीहरूलाई मासिक रूपमा एक हजार रुपैयाँ जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । पालिकाले मिर्गौला प्रत्यारोपण तथा डायलाईसिस गराइरहेका, गम्भीर मुटु रोगी (ओपन हर्ट सर्जरी) क्यान्सर र मेरुदण्डको पक्ष घातका बिरामीहरूका लागि उक्त जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्यपालिका बैठकबाट मासिक रूपमा जीविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । पालिकाले सूचना प्रकाशन गरी उक्त भत्ता प्राप्त गर्नका लागि बिरामीहरूले सक्कल निवेदन सहित मेडिकल रिपोर्ट, नागरिकताको प्रतिलिपि, चेकको प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने जनाएको छ ।

    उक्त सबै प्रक्रिया पुरा गरेपछि बिरामीको खातामा वार्षिक रूपमा उक्त भत्ता जम्मा हुने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताए । गाउँपालिका भित्र उक्त प्रकृतिका हाल ७५ बिरामीहरू रहेको पोख्रेलले जानकारी दिएका छन् । छत्रकोट गाउँपालिकाले विपन्न बिरामीहरूका लागि पनि बिरामीहरूलाई रोगको प्रकृति हेरेर दश हजार रुपैयाँदेखि २५ हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ २०, मंगलवार ०९:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP