• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली

    • lumbinisanjal
    • २०८२ जेष्ठ १९, सोमबार १५:००
    3.2K
    SHARES
    राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा ज्ञवाली

    बुटवल ,१९ जेठ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व चयन गरिएको छ ।

    बुद्ध सामुदायीक टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

    गठित कार्यसमितिको उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरे रहेका छन् ।

    सदस्यहरुमा जिवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगिता भण्डारी रहेका छन्।

    नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवद्र्धनको लागि सबैसंग सहकार्य गरेर अगाडी बढ्ने बताए।

    यसअघि राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीको महत्व अन्तर्राष्ट्रिय स्तरमा फैलाउन सञ्चार माध्यमहरूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए ।

    कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १९, सोमबार १५:००
  • #gopal gyawali

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP