• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रत्यक्षतर्फ १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा १२४ मा विजयी

    • lumbinisanjal
    • २०८२ फाल्गुन २५, सोमबार ०८:०९
    702
    SHARES
    प्रत्यक्षतर्फ १६१ क्षेत्रको मतगणना सार्वजनिक, रास्वपा १२४ मा विजयी

    काठमाडौं , २५ फागिन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली(प्रत्यक्ष)तर्फ हालसम्म १६१ स्थानको नतिजा सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगबाट आज बिहान ६ बजे प्राप्त तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ ।

    नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा (एमाले)ले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

    नेपाली कम्युनिस्ट पार्टी ७, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार १–१ स्थानमा विजयी भएका छन् ।



    lumbinisanjal   
  • २०८२ फाल्गुन २५, सोमबार ०८:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP