• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छ : सभापति देउवा

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १७:०५
    3.8K
    SHARES
    शिक्षा र निजामति ऐन ल्याउने कुरामा काँग्रेस दृढ छ : सभापति देउवा

    काठमाडौँ, ९ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

    सभापति देउवाले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ रहेको बताउनुभयो ।

    सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिएको र योगदानमा आधारित सामाजिक सुरक्षा असङ्गठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज बनाउनुपर्ने बतउनुभयो । त्यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको जानकारी दिनुभयो ।

    ‘‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली काँग्रेस दृढ छ । सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असङ्गठित क्षेत्रका श्रमजीविहरुले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने र आफ्नै देशमा वृद्धि, सीप र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ ।’’

    सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको कार्यान्वयनमा काँग्रेसले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १७:०५
  • #deuwa #Nijamatikarmachari

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP