• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    युवा संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास,पोखरा जाँदै प्रधानमन्त्री ओली

    • lumbinisanjal
    • २०८२ जेष्ठ ९, शुक्रबार १०:५४
    3.5K
    SHARES
    युवा संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास,पोखरा जाँदै प्रधानमन्त्री ओली

    कास्की,९ जेठ  । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा पुग्दैछन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न उनी पोखरा जान लागेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे हेलिकप्टरमार्फत पोखरा पुग्ने कार्यक्रम तय भएको छ । पोखराको अमरसिंह चौरमा आयोजना हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव शंकर पोखरेल, पूर्वमुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य तथा युवा संघका इन्चार्ज राजीव पहरीले जानकारी दिए ।

    महाधिवेशनमा देशभरका करिब २ हजार प्रतिनिधिहरू सहभागी हुँदैछन् । पोखरा पुग्ने नेताहरूको आगमनसँगै सुरक्षालाई कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    युवा संघको दशौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामा सहमतिको प्रयास भइरहे पनि त्यो सहज नदेखिएको नेताहरूको भनाइ छ । बिहीबार साँझ पोखरामा एमाले नेताहरू भानुभक्त ढकाल, महेश बस्नेत, किरण पौडेल, निरुदेवी पाललगायतको उपस्थितिमा बसेको बैठकमा नयाँ नेतृत्व चयनबारे गहन छलफल भएको थियो ।

    यसपटक पदाधिकारी संख्या १७ बाट घटाएर ९ मा सीमित गरिएको छ भने केन्द्रीय सदस्य संख्या पनि ३३३ बाट घटाएर १५१ बनाउने निर्णयले प्रतिस्पर्धा चर्किएको छ ।

    ४० वर्षे उमेर सिमा पार गरिसकेका उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्वा संघको सक्रिय भूमिकाबाट अलग भइसकेका छन् । वर्तमान अध्यक्ष क्षितिज थेवे पुनः उम्मेदवारी दिने कि नदिने भन्ने विषय अझै स्पष्ट छैन ।

    हाल अध्यक्ष पदको दौडमा महाराज गुरुङ, कृष्णहरी केसी र महासचिव सुमन पुरी चर्चामा छन् भने महासचिव पदका आकांक्षीहरूमा महेश चौलागाईं, विनय शाह, निरोज पौडेल, कुवेर अधिकारी र पर्वत भण्डारी रहेका छन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ९, शुक्रबार १०:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP