• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

    • lumbinisanjal
    • २०८२ जेष्ठ ७, बुधबार ०९:४६
    2K
    SHARES
    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

    काठमाडौं ,७ जेठ । राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोर जानकारी गराइनेछ ।

    बिधायन ब्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ सबन्धि समितिको प्रतिवेदन’ सभा समक्ष पेश गर्नेछन भने राष्ट्रिय सभाको सचिव डा। सुरेन्द्र अर्यालले ‘शहिद दशरथ चन्द स्वास्थ्य विश्वबिधालय बिधेयक, २०८०’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।

    साथै, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रिप्रसाद पाण्डले ‘पर्यटन बिधेयक, २०८१ माथी बिचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ७, बुधबार ०९:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP