• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    रेशम र सीकेबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता

    • lumbinisanjal
    • २०८२ जेष्ठ ६, मंगलवार १६:१४
    3.5K
    SHARES
    रेशम र सीकेबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्छ : रञ्जिता

    काठमाडौं ,६ जेठ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन् ।

    मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ–आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी हुन् ।

    एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनले बताइन् । उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफू सह–अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइरहेको उल्लेख गरिन् ।

    उनले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको बताइन् ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ ६, मंगलवार १६:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP