• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोटमा ‘नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

    • lumbinisanjal
    • २०८२ बैशाख २५, बिहीबार १६:५८
    2.2K
    SHARES
    धुर्कोटमा ‘नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न

    गुल्मी ,२५ बैशाख । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा धुर्कोट गाउँपालिकामा संक्रामक तथा नसर्ने रोगहरूको न्यूनीकरण गर्ने उद्देश्यले ‘नसर्ने रोग नियन्त्रण तथा स्वस्थ जीवनशैली प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ ।

    जिल्ला अस्पताल गुल्मीकी डा. प्रतिमा केसीकोअध्यक्षता धुर्कोट गाउँपालिका उपाध्यक्ष सिता गिरीको प्रमुख आतिथ्यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीको विशेष आतिथ्यता तथा गाउँपालिकाभित्रका वडाध्यक्षहरु, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको समेत उपस्थिति रहेको थियो।

    कार्यक्रममा डा. प्रतिमा केसी, जनस्वास्थ्य अधिकृत सरस्वती शर्मा र जनस्वास्थ्य निरीक्षक तारा बहादुर कार्कीले नसर्ने रोगको अवस्था, जोखिम, पहिचान र रोकथामका उपायबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँहरूले रक्तचाप, मधुमेह, मुटु रोग, मस्तिष्क घात लगायतका रोगहरूको प्रारम्भिक परीक्षण, नियमित व्यायाम, सन्तुलित आहार तथा तनाव व्यवस्थापन जस्ता उपायहरूलाई जीवनशैलीमा लागू गर्न सबैलाई आह्वान गर्नुभयो।
    कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष सिता गिरीले “स्वस्थ जीवनशैली अपनाउन स्थानीय तहबाट आवश्यक कार्यक्रमहरू ल्याउँदै आएका छौं। नागरिकको स्वास्थ्यप्रति सचेतना बढाउने यस्ता अभिमुखीकरण कार्यक्रमहरू अत्यन्त आवश्यक छन्।

    गाउँपालिकाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने छौं कार्यक्रमको सञ्चालन तथा प्रकाश गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले गर्नुभएको थियो।



    lumbinisanjal   
  • २०८२ बैशाख २५, बिहीबार १६:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP