• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

    • lumbinisanjal
    • २०८२ बैशाख २३, मंगलवार १७:०९
    3.5K
    SHARES
    तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

    बुटवल , २३ बैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । मानवसेवा आश्रमको सहकार्यमा तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा गरिएको हो । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो घोषणा हो ।

    २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । प्रदेश सरकारकार मन्त्रीहरू, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख, जनप्रतिनिधिहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू र सरोकारवाला सरकारी निकायहरूको उपस्थितिमा मंगलबार तिलोत्तमा नगरपालिकालाई ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गरिएसँगै अब तिलोत्तमा नगरपालिकामा कोही पनि बेसहारा बेवारिसे, अशक्त र अनाथ भई बस्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

    घोषणाका क्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणापत्र पढेर सुनाउनु भएपछि उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । मानवसेवा आश्रमले कोही पनि मानिस बेवारिसे भएर सडकमा जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले १३ वर्ष अघि देखि सहयोगापेक्षी सडक आश्रित मानवहरूका लागि उपचार र उपचारपछि खाना, नाना, छाना, स्वास्थ्य र शिक्षाको व्यवस्थापन गर्दै आएको छ ।



    lumbinisanjal   
  • २०८२ बैशाख २३, मंगलवार १७:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP