• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    उत्कृष्ट पत्रकारिता पुरस्कार तेजेन्द्र केसीलाई प्रदान

    • lumbinisanjal
    • २०८२ बैशाख १२, शुक्रबार १०:२७
    1.7K
    SHARES
    उत्कृष्ट पत्रकारिता पुरस्कार तेजेन्द्र केसीलाई प्रदान

    स्व. सुर्यप्रसाद प्रधान विकास पत्रकारिता पुरस्कार पत्रकारद्वय आरपी आचार्य र अमृता अनमोललाई

    बुटवल, १२ बैशाख । नेपाल पत्रकार महासंघ रुपन्देहीले प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार रातोपाटी डटकमका लुम्बिनी प्रदेश संवाददाता तेजेन्द्र केसीलाई प्रदान गरेको छ । विहिबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट पत्रकारिता पुरस्कार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्र चौलागाई, सल्लाहकार शेर बहादुर केसी, भरत केसी, हरिस ढकाल, विनोद परियारले संयुक्त रुपमा केसीलाई प्रदान गरे ।

    बुटवल उपमहानगपालिकाले स्थापना गरेको उक्त पुरस्कारबाट हरेक वर्ष नगद १ लाख राशीले सम्मान गरिँदै आएको छ । यसैगरी स्व. सुर्यप्रसाद प्रधान विकास पत्रकारिता पुरस्कार पत्रकारद्वय आरपी आचार्य र अमृता अनमोललाई प्रदान गरिएको छ । दुवै जनालाई ५०/५० राशीको पुरस्कार महासंघ अध्यक्ष दिनेश पाण्डे र नगरप्रमुख खेलराज पाण्डेले प्रदान गरेका थिए । पत्रकार महासंघ रुपन्देहीले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा पुरस्कार प्रदान गरिएको हो ।

    उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको थियो भने बिकास पत्रकारिता पुरस्कारका लागि सल्लाहकार भरत केसीको संयोजकत्वमा समिति गठन गरिएको थियो । महासंघले वैशाख ८ गतेदेखि ४ दिनसम्म सञ्चालन गरेको पत्रकारको क्षमता बिकास तालिम तथा मिडिया मन्थनको समान समारोहसँगै पत्रकारिता पुरस्कार समेत वितरण गरेको हो । महासंघ ध्यक्ष दिने पाण्डेको अध्यक्षता तथा उपाध्यक्षद्वय विश्वास ढकाल र अस्मिना पाण्डेयको स्वागत तथा सचिव सी।पी। खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले जनप्रतिनिधिलाई गरेका कमजोरी सुधार हुने आलोचनात्मक समाचारलाई तथ्यमा रहेर उठान गर्न आग्रह गरेका थिए। त्यस्तै पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले पछिल्लो समय पत्रकारितामाथि चुनौती तथा थ्रेट बढेकाले सुरक्षित भएर पत्रकारिता गर्न आग्रह गरिन् । महासङ्घका लुम्बिनी प्रदेश अध्यक्ष शुक्र ऋषि चौलागाईले प्रदेश सरकार अन्तर्गत सञ्चार ऐन बनाउन पछिल्लो समय विशेष ध्यान दिइएको बताएका थिए । पुरस्कृत केसी र अनमोल र आचार्यले महासङ्घको पुरस्कारले लेखन कर्मलाई थप उत्साहका साथ अगाडी बढाउन ऊर्जा तथा मनोबल प्रदान गरेको बताए । पुरस्कृत पत्रकारहरूलाइ बुटवल उपमहानगरपालीकाका मेयर खेलराज पान्डेय तथा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निमर्ला शर्माले पुरस्कार प्रदान गरेका थिए ।

     



    lumbinisanjal   
  • २०८२ बैशाख १२, शुक्रबार १०:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP