• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिद्वारा नयाँ बर्षको अवसरमा रक्तदान

    • lumbinisanjal
    • २०८२ बैशाख ६, शनिबार १६:२०
    6.2K
    SHARES
    कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिद्वारा नयाँ बर्षको अवसरमा रक्तदान

    काठमाडौं , ६ बैशाख । नेपाली कांग्रेस गुल्मी – काठमाडौं सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    रक्तदान संगै नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा गुल्मी – काठमाडौं सम्पर्क समितिका सभापति कृष्ण प्रसाद खरेलले शुभकामना मन्तव्य राख्दै रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र बहादुर केसी , नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन , प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा लगायतले बोल्दै सम्पर्क समितिले नयाँ बर्षको अवसरमा मानवसेवा संग जोड्ने उदेश्यले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरेका थिए । रक्तदान जिवनदान भएको र यस्ता अभियानमा सम्पर्क समिती सदैव लाग्नुपर्ने बताएका थिए । सृजनात्मक कार्य गर्दै आएको सम्पर्क समितिलाई नयाँ बर्षले झनझन उत्साहित बनाउन सफल रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । यसो त सम्पर्क समितिले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश , जिल्लाका नेता तथा कार्यकर्ताहरु, तरुण दल, नेविसंघ , महिला संग्ग लगायताका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको  सम्शेर कार्कीले लुम्बिनीसञ्जाललाई बताए ।



    lumbinisanjal   
  • २०८२ बैशाख ६, शनिबार १६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP