• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    यु-१३ बिसिए प्रिमिएर लिग: दोस्रो खेलमा पनि च्यालेन्जर्सको लगातार जित

    • lumbinisanjal
    • २०८२ बैशाख ४, बिहीबार १३:५४
    6.2K
    SHARES
    यु-१३ बिसिए प्रिमिएर लिग: दोस्रो खेलमा पनि च्यालेन्जर्सको लगातार जित

    बुटवल , ४ बैशाख । बुटवल क्रिकेट एकेडेमीको आयोजनामा तिलोत्तमा-९ स्थित ज्योतिनगर क्रिकेट मैदानमा २०८२ बैशाख ३ गतेदेखि सञ्चालित यु-१३ बिसिए प्रिमिएर लिगको दोस्रो खेलमा बिसिए च्यालेन्जर्सले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा बिसिए वारियर्सलाई ९ विकेटले पराजीत गरेको च्यालेन्जर्सले आज सञ्चालन भएको दोस्रो खेलमा वारियर्सलाई ४८ रनले पराजित गरेको हो ।

    पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरि च्यालेन्जर्सका कप्तान अनमोल बाबू भण्डारी र अलराउन्डर खेलाडी कुशल थापा क्रमश: प्लेयर अफ द डे र प्लेयर अफ द म्याच घोषित भएका थिए भने दोस्रो खेलमा च्यालेन्जर्सकै खेलाडी निरज ज्ञवालीले उत्कृष्ट खेल खेल्दै प्लेयर अफ द डे र सिजन खड्का म्यान अफ द म्याच हुन सफल भएका छन्।

    एकेडेमीका खेलाडीहरुमा खेल प्रतिभा विकास गर्न र उनीहरुमा कृकेट प्रतिको लगाव कायम राख्नका लागि बुटवल कृकेट एकेडेमीले चैत्र ३० गते एक समारोहका बिच ३५ जना खेलाडीहरुलाई ए, बि र सी ग्रेडमा विभाजन गरी ग्राण्ड अक्सन मार्फत् बिसिए वारियर्स र विसिए च्यालेन्जर्स गरि २ वटा टिममा न्युनतम २०० देखि अधिकतम २००० रुपैयाँसम्ममा खेलाडी अनुबन्धन गरेको थियो।

    बिसिए वारियर्सको कप्तान निष्कर्ष आचार्य रहेका छन् भने बिसिए च्यालेन्जर्सको कप्तान अनमोल बाबू भण्डारी रहेका छन्। दुवै टिममा एक-एक जना मार्की खेलाडी छनोट गरिएको थियो । जसअन्तर्गत च्यालेन्जर्समा कुशल थापा र वारियर्समा सुनिल पोखरेल मार्की खेलाडीको रुपमा रहेका छन्।

    यो उमेर समुहका खेलाडीलाई खेल अनुशासन, खेल प्रतिको लगाव र संस्कार सिकाउदै उपयुक्त प्लेटफर्म र प्रेरणा प्रदान गरी खेलक्षेत्रमा लाग्नका लागि अभिप्रेरित गर्ने र प्रतिभावान राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्वेश्यका साथ बिसिए प्रिमिएर लिग सन्चालन गर्न लागेको बुटवल कृकेट एकेडेमीका हेडकोच घनश्याम थारुले बताउनुभयो ।

    दुवै टिमका खेलाडीलाई खेल सीप सिकाउन र आवश्यक प्रशिक्षणका लागि एक-एक जना प्रशिक्षकको व्यवस्थापन गरिएको छ । बिसिए वारियर्सको प्रशिक्षकमा सुदन श्रेष्ठ र च्यालेन्जर्सको प्रशिक्षकमा अभिषेक ठाकुर रहेका छन् । जम्मा ५ वटा खेलहरु खेलाइने गरि तय भएको बिसिए प्रिमिएर लिगको समापन बैशाख ६ गते हुने र विजेता खेलाडीहरुलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिने जानकारी कार्यक्रमका संयोजक सुजीत श्रेष्ठले बताउनुभयो।



    lumbinisanjal   
  • २०८२ बैशाख ४, बिहीबार १३:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP