• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलको सहयोगमा वृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार २०:३३
    10.2K
    SHARES
    बुटवल हस्पिटलको सहयोगमा वृहत् नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

    बुटवल , ३० चैत । बुटवल उपमहानगरपालिका  वार्ड नम्बर ४ हाटबजार स्थित कान्ति माविको प्रांगढमा आज शनिवार वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

    नव वर्ष २०८२ को  उपलक्ष्यमा बुटवल उपमहानगर वार्ड न ४, बुटवल हस्पिटल प्रा.ली र  सिटिजन बैंकको सहकार्य कान्ति माविको  प्रांगणमा निःशुल्क बृहत् स्वास्थ्य शिविर  गरिएको छ ।
    उक्त अवसर बुटवल वार्ड ४, वार्ड ३ तथा अन्य  स्थानीय वासीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै नि शुल्क औषधी समेत वितरण  गरिएको वार्ड अध्यक्ष नरेश्वर पौडेल शर्माले बताए ।

    उनले  नागरिक स्वास्थ्य महत्पूर्ण रहेकोले वार्डको आयोजना हस्पिटल प्रालि र बैक सहकार्यमा स्थानीय  स्वास्थ्य परीक्षण गरी औषधी वितरण गरिएको बताए ।

    बुटवल हस्पिटल प्रा ली अध्यक्ष एवं समाजसेवी चुन्नु प्रसाद पौडेलेले हस्पिटल प्रालि नयाँ  भवनमा सरेसँगै विभिन्न उपचारको विधि तथा उपकरणहरू थपिएको बताउँदै प्रालि प्युठान तथा अन्य ठाउँ पनि नि शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको बताए ।

    सिटिजन बैंक लुम्बिनी प्रदेश प्रमुख प्रदीप श्रेष्ठले बैंकले नाफासँगै सामाजिक क्षेत्र कार्य भन्दै  सामाजिक उत्तरदायित्व अन्तर्गत शिविरमा सहयोग गरेको बताए ।

    शिविरमा ४ सय भन्दा धेरै बिरामीहरूको बुटवल हस्पिटल प्रा लिका चिकित्सक वरिष्ठ फिजिसियन डा. नन्दु पाठक , फिजिसियन डा. सागर पौडेल,वरिष्ठ सर्जन डा. कृष्णप्रसाद  खनाल, स्त्री तथा प्रसुती रोग विशेषज्ञद्वय डा. चन्द्रकान्त शर्मा र डा. विन्दु खरेल, वरिष्ठ सर्जन डा. विर्ख राज जोशी , अर्थोपेडिक्स विशेषज्ञद्वय डा. समीर उल्लाह र डा. सञ्जीव आचार्य , मनोरोग विशेषज्ञ डा. मौसमि थापा, वालरोग विशेषश्ज्ञ डा. प्रदिप शर्मा,ग्याष्ट्रोलोजिष्ट विशेषज्ञ डा. पुष्पराज ढकाल, दन्त रोग विशेषज्ञद्वय डा. दिपेन्द्र पोख्रेल र डा. ज्योती आत्रेय,आँखा रोग विशेषज्ञ उमेश वेल्वासे, रोडियोलोजिष्ट विशेषज्ञ द्वय डा. अमन श्रेष्ठ र डा. कुन्दनराज मरासीनि,मेडिकल अफिसरत्रय डा. प्रतीक सापकोटा,डा. अमृत वश्याल र डा. सिद्वार्थ पाण्डेय लगायतका चिकित्सकहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।

    स्वास्थ्य शिविरमा खटिएका स्वास्थ्यकर्मी तथा  स्वंयसेकहरुलाई  सम्मानपत्र समेत वितरण  गरिएको थियो। कार्यक्रममा वाड सचिव सुन्दरी आर्चाय,पूर्व वार्ड अध्यक्ष टंक प्रसाद पराजुली ,कान्तिका शिक्षक खुमराज पौडेल, बुटवल हस्पिटलका उपाध्यक्ष ललित खरेल मेसु डा. कृष्ण खनाल सिटिजन वैंकका विष्णु पोख्रेल लगायतले मन्तव्य राखेका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार २०:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP