• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्बतारा सयपत्री सहकारीद्वारा भित्तेपात्रो बिमोचन

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार ०८:२१
    2.3K
    SHARES
    धुर्बतारा सयपत्री सहकारीद्वारा भित्तेपात्रो बिमोचन

    बुटवल , ३० चैत । बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाद्वारा आउँदैगरेको नयाँ वर्ष २०८२ को अवसरमा सुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    बुटवल, ६ पुष्पलालपार्कमा रहेको संस्थाको कार्यालयमा संस्थाका संस्थापक एवं पूर्व अध्यक्षहरु, कानुनी सल्लाहकार, संचालक समिति, लेखा सुपरिवेक्षण समिति एवं उपसमितिका सदस्यहरुको उपस्थितिमा एक कार्यक्रम गरी संस्थाले प्रकाशन गरेको भित्तेपात्रो बिमोचन गरिएको हो ।

    कार्यक्रममा बोल्दै संस्थाक पुर्ब अध्यक्षहरु चुरामणी भुसाल, तुल्सी बहादुर गुरुङ्ग र तुलसिराम शर्माले सहकारीले आन्तरिक सुशासन मजबुद बनाउँदै सदस्य केन्द्रित कार्यक्रम गर्दै जाने र निति कार्यबिधिको मातहतमा रहि बचत ऋणको कारोबार गरेमा संस्था सुरक्षित रहने धारणा ब्यक्त गरेका थिए। यस्तै राजनितिक क्षेत्रमा देखिएको संकटको प्रभाव सिंगो अर्थतन्त्र र सहकारिमा परे पनि शुशासनमा चलेका सहकारीमा ढुक्क भएर वित्तीय कारोवार गर्न सकिनेमा जोड दिए । कानुनि सल्लाहकार अधिबक्ता माधवप्रसाद घिमिरे, लेखा सुपरिवेक्षण समिति संयोजक पशुपति पौडेल, पुर्व कोषाध्यक्ष डिल्लीप्रसाद उपाध्याले तरलताको चिन्ता भन्दा पनि ऋण लगानी गर्दा कानुनबमोजिम रीत पुर्याएर सम्पुर्ण लेखाजोखा गरी प्रवाह गर्न सुझाए ।

    संस्थाका अध्यक्ष मानबहादुर कुँवरले सदस्यहरुको सन्तुष्टी र आन्तरिक शुशासनलाई केन्द्रमा राखेर यस वर्ष थुप्रै रचनात्मक कार्यहरु गरेको बताउँदै बाँकि रहेका र थप नयाँ योजनाहरु आगामि वर्षमा गरिने बताए । संस्थाका सचिव विनोद खनालको संचालनमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले एकअर्कामा सुभकामना मन्तव्य राखी सुभकामना साटासाट गरेका थिए ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार ०८:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP