• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    ट्रेड युनियन काँग्रेस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

    • lumbinisanjal
    • २०८१ चैत्र ३०, शनिबार ०७:३३
    2.8K
    SHARES
    ट्रेड युनियन काँग्रेस रुपन्देहीद्वारा शुभकामना आदानप्रदान

    बुटवल , ३० चैत । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीद्वारा शुभकामना आदान–प्रदान गरिएको छ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले शुक्रबार तिलोत्तमा उद्योग वाणिज्य संघमा कार्यक्रमको आयोजना गरी आउँदै गरेको नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदान–प्रदान गरेको हो ।

    कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले मजदुरहरुकै बलमा शासन व्यवस्था परिवर्तन भएको बताउँदै मजदुरको आत्मसम्मान पनि कायम हुने र उनीहरुको जिविकोपार्जन पनि चल्नेगरी न्यूनतम तलव कायम हुनुपर्ने भनाई राख्नुभयो ।
    उहाँले आन्दोलनत शिक्षकहरुको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गर्दै मजदुर आन्दलनका नाममा सरकारले सम्बोधन नै गर्न नसक्ने खालका माग तेर्स्याउन नहुने पनि भनाई राख्नुभयो । उहाँले उद्योग पनि चल्नुपर्ने र मजदुरको न्यायिक सेवा सुविधा पनि पाउनुपर्ने बताउँदै त्यसका लागि हुने आन्दोलनमा पार्टी पनि संगसंगै हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठले शिक्षक आन्दोलनमा ऐक्यवद्धा व्यक्त गर्दै सरकारी क्षेत्रमा भन्दा पनि निजी तथा अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको अवस्था दयनीय रहेको बताउँदै त्यसतर्फ पनि ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

    नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकालले सरकारी सेवामा कार्यरत र निजी तथा अनौपचारिक क्षेत्रका कार्यरत मजदुरलाई सरकारले हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै निजी तथा अनौपचरिक क्षेत्रमा काम गर्ने मजदुरलाई तोकिएको न्यूनतम पारिश्रमिकले उसको जिविकोपार्जन हुन नसक्ने भनाई राख्नुभयो । उहाँले त्यसमाथि न्यूनतम पारिश्रमिक पनि पाउन नसकिरहेको तर्फ ध्यानाकर्षण गराउनु भयो ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण ढकाल, नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ काउनका पूर्व केन्द्रीय अध्यक्ष जेवि गुरुङ, तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णु भण्डारी, पूर्व वडा अध्यक्ष नारायण न्यौपाने, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका सचिव केशवराज पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ३०, शनिबार ०७:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP