• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटल प्रालीद्वारा रक्तदान

    • lumbinisanjal
    • २०८१ चैत्र २५, सोमबार ११:५४
    5.8K
    SHARES
    विश्व स्वास्थ्य दिवसको अवसरमा बुटवल हस्पिटल प्रालीद्वारा रक्तदान

    बुटवल, २५ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा बुटवल हस्पिटल प्रा.लिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

    पछिल्लो समय रगतको अभाव भैरहेको वेला हस्पिटल प्रा.लिले दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो । `रक्तदान जीवनदान´ भन्ने नाराका साथ आयोजना गरिएको रक्तदानमा ६४ युनिट रगत संकलन भएको छ ।

    बुटवल हस्पिटलले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । आफ्नो वार्षिक कार्यक्रम अुनशार आयोजित रक्तदान कार्यक्रममा हस्पिटलका चिकित्सकहरु, नर्सिङ स्टाफहरु,अन्य मेडिकल तथा प्रशासनका कर्मचारीहरु, सरसफाईकर्मी तथा सुरक्षाकर्मीहरु, क्यान्टीनका कर्मचारीहरु, विरामीका आफन्त तथा शुभेच्छुकहरुले रक्तदान कार्यक्रममा भाग लिएका थिए ।

    रक्तदानमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलले अस्पतालहरुमा रगतको अभाव भैरहेको सन्द्रभ पारेर रक्तदान कार्यक्रम गरिएको बताउनु भयो ।

    उहाँले रगतदान गरेमा अर्को एक जना बिरामीको ज्यान वच्न सक्छ भन्ने भावनाका बिकास गर्नका लागि पनि हस्पिटलले रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आएको बताउनु भयो । एक सय शैया संचालनमा रहेको बुटवल हस्पिटल प्रा.लिले रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कार्यक्रम गरेको अस्पतालका मेडिकल सुपेरटेण्डेन डा. कृष्ण प्रसाद खनालले बताउनु भयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र २५, सोमबार ११:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP