• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ॐ हेर्नुहोस् आजको रासिफल : चैत्र १५ गते शुक्रबार , पाथिभरादेवीले रक्षा गर्नुहुनेछ

    • lumbinisanjal
    • २०८१ चैत्र १५, शुक्रबार ०२:५६
    3.5K
    SHARES
    ॐ हेर्नुहोस् आजको रासिफल : चैत्र १५ गते शुक्रबार , पाथिभरादेवीले रक्षा गर्नुहुनेछ

    मेष: आर्थिक लाभ, सुख, प्रसन्नता भए पनि बेलुकीपख चोटपटकको सम्भावना देखिन्छ ।

    वृष: समय शुभ छ । सुख–सन्तोष, आर्थिक लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर होला ।

    मिथुन: राज्यबाट भय, मान–सम्मानमा धक्का भए पनि बेलुकीपख कार्य सिद्धि, सुखानुभूति होला ।

    कर्कट: समय शुभ छैन । रोगव्याधिको भय, व्यापारादि कार्यमा असफलता, राज्य भय होला ।

    सिंह: धन लाभ, सम्मान प्राप्ति, कार्य सफल तर बेलुकीपख भने अस्वस्थता, कष्ट हुने देखिन्छ ।

    कन्या: दिन बलवान् छ । आर्थिक लाभ, शत्रु विजय, पुरस्कारको प्राप्तिको सम्भावना देखिन्छ ।

    तुला: काममा असफलता, वायुजन्य रोगको भय तर बेलुकीपख द्रव्य लाभ, स्वास्थ्य लाभ होला ।

    वृश्चिक: सजग रहनुस्, पेटको समस्या, काममा बाधा, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।

    धनु: प्रसन्नता, द्रव्य लाभ, पराक्रम भए पनि बेलुकादेखि भने विवाद, अनिद्राको समस्या हुन सक्छ ।

    मकर: शुरुमा धन नाश, मानसिक चञ्चलता भए पनि बेलुकीपख भने लाभ, प्रसन्नता होला ।

    कुम्भ: खाद्यान्न लाभ, उपहार प्राप्ति हुने देखिन्छ तर अपराह्नबाट मन अस्थिर, नोक्सानी होला ।

    मीन: अपराह्नसम्म धन हानि, दुर्घटना, रोगको भय, त्यसपछि भने उत्तम भोजन, कार्य सफल होला ।



    lumbinisanjal   
  • २०८१ चैत्र १५, शुक्रबार ०२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP