• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    बुढीगण्डकी नदीमा डुबेर वालकको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र १४, बिहीबार ०२:५१
    1.9K
    SHARES
    बुढीगण्डकी नदीमा डुबेर वालकको मृत्यु

    सुलीकोट, १४ चैत । गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका – १ का १६ वर्षीय युनिश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाट गाउँपालिका – ४ स्थित थुमिमा एसइई दिएर बुधबार साँझ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए ।

    बुधवार बेलुका ७ बजेको समयमा थुमिस्थित बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बुढीगण्डकीले बगाएछ, प्रहरी नायब उपरीक्षक सुबेदीले भन्नुभयो, “हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र प्रहरी चौकी आर्खेतबाट गएको प्रहरी टोली घटनास्थल तर्फ पुगी खोजतलासमा खटियो ।”

    खोजतलासको क्रममा स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल गुरु मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक सुबेदीको भनाई छ । उक्त घट्नाबारे प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी मृतककाे शवलाई पोस्टमार्टमका लागि राती १२ बजे जिल्ला अस्पताल गोरखामा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । त्यस घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १४, बिहीबार ०२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP