• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सहकारी दिवसको अवसरमा विशेष समारोहको आयोजना हुने

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार १३:१८
    2K
    SHARES
    सहकारी दिवसको अवसरमा विशेष समारोहको आयोजना हुने

    बुटवल,१३ चैत । ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया सहित मुल समारोह आयोजना गरिने भएको छ। ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका साथ यहि चैत २० गते बुटवलमा मुख्य कार्यक्रम आयोजना गर्न लागिएको हो।

    राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक सहकारी महासंघकाकेन्द्रीय लेखा सुपरिवेक्षण समितका संयोजक भिम प्रसाद तुलाचनले राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाभर विभिन्न कार्यक्रम जारी रहेको जानकारी दिदै मुल समारोह बुटवलमा २० गते गरिने जानकारी दिए।

    बुटवल उपमहानरपालिकाको विशेष सहयोगमा आयोजना हुन लागेको मुल समारोहमा ‘नेपालको सहकारी अभियान विगत देखि बर्तमानसम्म’ विषयमा सहकारी विषयमा विध्यावारिधी गरेका डा. खगराज शर्माले प्रस्तुतीकरण गर्ने छन्। राष्ट्रिय सहकारी विकास बोर्डका निर्वतमान सदस्य सचिव समेत रहेका शर्माले मुख्य प्रस्तुती गर्ने छन्।

    बुधवार बुटवलमा सहकारी दिवस बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुल समारोह समिति संयोजक तुलाचनले बुटवल उपमहनारपालिका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता र उप-प्रमुख सावित्रा देवी अर्यालको विशेष आतिथ्यतामा कार्यक्रम आयोजना हुने जानकारी दिए।

    चैत २० गते विहान ११ बजे आयोजना हुने कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देही मुख्य आयोजक हो भने रुपन्देही बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक बुटवल, तिलोत्तमा र भैरहवा शाखा, जिल्ला कृषि सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रुपन्देही, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि बुटवल, सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि, लुम्बिनी विशिष्टकृत सहकारी संघ लि र बहुउदेश्य सहकारी संघ लि रुपन्देही सह आयोजको रुपमा रहेको जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष बसन्त प्रसाद ढकालले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले सहकारीको मर्म अनुरुप सवैले आआफ्नो धारणा स्पष्ट पार्दै आम जनमानसमा सहकारीको नकारात्मक चिन्तन बढेको बताउँदै सहकारीका सवल पक्ष र सकारात्मक धारणाका सन्दर्भमा जानकारी गराउन आवस्यक रहेको बताए ।

    सहकारी दिवसको अवसरमा जिल्लाभर कुल ५६ वटा कार्यक्रम तय गरिएको छ। जसमा बचत तथा ऋण सहकारी संघ बाट ३४ वटा, बहुउदेश्यबाट १५ वटा, कृषि बाट ५ वटा, दुग्भ, देवदह सहकारी संञ्जाल, बाट १/१ वटा कार्यक्रम गरिने छ। यस्तै मुल समारोहमा सहकारी दर्पण पुस्तकको आठौ अंक विमोजन गरिने छ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार १३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP