• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राजा ल्याउने अभियान : भोली ९ गते भैरहवामा बृहत मोटरसाइकल र्याली हुने

    • lumbinisanjal
    • २०८१ चैत्र ८, शुक्रबार ०४:१६
    4.5K
    SHARES
    राजा ल्याउने अभियान : भोली ९ गते भैरहवामा बृहत मोटरसाइकल र्याली हुने

    बुटवल , ०८ चैत । चैत ९ अर्थात भोली शनिबार भैरहवा अञ्चलपुर स्थित होटल सिद्धार्थ भिलासा गाडी दिउसो ठीक २:३० बजे भेला भएर मोटरसाइकल र्यालीको आयोजना गरिने भएको छ ।

    महाराजधिराजबाट भएको संबोधन र रुपन्देही संगै समग्र नेपालीको आशाको केन्द्र श्रीपाचँ महाराज धिराज सरकार मात्र भएको र यसैको समर्थनमा हजारौँ जनताको साथमा मोटरसाइकल र्याली आयोजना गर्न लागेको सिबिर बिक्रम शाहले लुम्बिनीसञ्जाललाई बताउनुभयो । शाहले राष्ट्र जोगाउन , राष्ट्रिय एकता र देशको उन्नतीप्रगतीको लागि जनताले साथ दिएर राजसंस्था पुन: स्थापना गर्न र संकटमा परेको देशलाई संकट मुक्त गर्न र्यालीको आयोजना गरिएको बताउनुभयो ।

    र्याली भैरहवाको अञ्चलापुर देखी एयरपोर्ट , आँखा अस्पताल , गल्लामण्डी , बैंकरोड हुँदै जिल्ला प्रहरी कार्यालय आसपास सम्म पुगेर कोणसभाको आयोजना गरी समापन गरिने शाहले बताउनुभयो । उहाँका अनुसार रुपन्देहीका १६ ओटै स्थानिय तह संगै नवलपरासी र कपिलबस्तुबाट समेत र्यालीमा जनताको उल्लेख्य सहभागी रहने बताउनुभयो ।

    शाहका अनुसार देशमा अव प्रदेश संरचनाको कुनै आवश्यक नरहेको र आफ्नै देशलाई बिरही बनाएर प्रदेश भनेर इंकित गरिनु गलत रहेको बताउनुभयो । अहिले देशमा माटो नसुहाउने व्यवस्थाले गर्दा अराजक गतिबिधी र भ्रष्टचारले देश गलेको र नेपाल जोगाउनका निम्ती एक पटक पुन: राजाले नै बाघडोर संहालेर देशलाई उन्नतिको बाटोमा केन्द्रित भएर लैजाने बताउनुभयो ।



    lumbinisanjal   
  • २०८१ चैत्र ८, शुक्रबार ०४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP