• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    मोटरसाइकल दुर्घटना : नुवाकोटमा एक युवकको मृत्यु

    • lumbinisanjal
    • २०८१ चैत्र २, शनिबार ०४:१८
    2.8K
    SHARES
    मोटरसाइकल दुर्घटना : नुवाकोटमा एक युवकको मृत्यु

    नुवाकोट , २ चैत । मोटरसाइकल दुर्घटनामा नुवाकोटको दाङसिङका एक युवकको ज्यान गएको छ। विदुर नगरपालिका-६ सिंचाई पुल नजिकै आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको हो।

    तारकेश्वर गाउँपालिका-१ दाङसिंङका ३२ वर्षिय चतुरमान तामाङको शुक्रवार बेलुकी भएको दुर्घटनामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

    तामाङले चलाएको बा४६प ८२५३ नम्बरको मोटरसाइकल बट्टारबाट दाङसिङतर्फ गइरहेकोमा त्रिशूल नदी किनारामा रहेको सिंचाइको पुल नजिकै विद्युतको पोलमा ठोक्किएर दुर्घटनामा परेको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिशूली अस्पताल नुवाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले बताए। वानियाका अनुसार मोटरसाइकल तिव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।

    तामाङको शव त्रिशूली अस्पतालमा राखिएको छ भने। घटनाको विषयमा थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ।



    lumbinisanjal   
  • २०८१ चैत्र २, शनिबार ०४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP