• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार १२:५१
    2.2K
    SHARES
    प्रधानमन्त्री कप पुरुष क्रिकेट : बागमतीको पहिलो जित

    बुटवल , चैत ०१ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा शुक्रबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गर्दै बागमतीले पहिलो जित दर्ता गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका लागि ओपनर टेक रावतले सर्वाधिक ४५ रन जोडे ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६६ रनको योगफल तयार गरेको थियो । बागमतीका लागि शुभ कसांकारले सर्वाधिक ७७ रन जोडे । त्यस्तै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपिएफलाई दुई विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकालेको छ । एपिएफले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २६ दशमल २ ओभरमा आठ विकेट गुमाउँदै ९७ रन बनायो । पुलिसका कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । एपिएफका सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।

     



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP