• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रचण्ड भन्छन – ७० वर्ष नाघिसकें, देशको जिम्मा लिने बेला आएकाले दौडाहामा छु ।

    • lumbinisanjal
    • २०८१ चैत्र १, शुक्रबार १२:२९
    3.2K
    SHARES
    प्रचण्ड भन्छन – ७० वर्ष नाघिसकें, देशको जिम्मा लिने बेला आएकाले दौडाहामा छु ।

    काठमाडौं , ०१ चैत । पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको जिम्मा आफ्नो पार्टीको काँधमा आएकाले ७० वर्ष नाघे पनि आफू सक्रियतापूर्वक देशदौडाहा लागिरहेको पनि बताएका छन ।

    आज (शुक्रबार) सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको नगर सम्मेलन तथा जागरणसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले देशभित्र परिवर्तनलाई उल्टाउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आफू पुनः सक्रिय भइरहेको पनि बताएका छन । उनले भने, ‘देशको जिम्मेवारी लिने ऐतिहासिक अभिभारा पुनः एकपटक हाम्रो काँधमा आएको छ ।

    देशको जिम्मा फेरि एकपटक माओवादीले लिनुपर्ने भएको छ । संविधान निर्माणको प्रमुख हिस्सेदार तथा शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता हुनुको नाताले देशको जिम्मा लिनुपर्ने अवस्था आएको छ, ‘त्यसैले ७० वर्ष नाघे पनि म देशदौडाहा छु ।

    पूर्वमेचीदेखि महाकालीसम्म पुगिरहेको छु, उकाली आरोली गरिरहेको छु ।’ उनले माओवादी अब कांग्रेस र एमालेको बैशाखी नबन्ने भन्दै आफ्नै जनताप्रति विश्वास गर्ने र आफ्नै भरमा निर्वाचनबाट सरकारको नेतृत्व गर्ने पनि बताएका छन ।



    lumbinisanjal   
  • २०८१ चैत्र १, शुक्रबार १२:२९
  • #prachanda

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP