• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    तिलोत्तमाको दुर्घटनामा परी गुल्मीका परियारको मृत्यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन २२, बिहीबार ०६:५२
    7.1K
    SHARES
    तिलोत्तमाको दुर्घटनामा परी गुल्मीका परियारको मृत्यु

    तिलोत्तमा , २२ फाल्गुन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको डिएसपी सुरज कार्कीले जानकारी दिए । कार्कीका अनुसार बुटवलबाट आउँदै गरेको लु५६प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा२०च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए ।

    दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको र कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २२, बिहीबार ०६:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP