• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी प्यालेस रिसोर्टमा हरेक शुक्रबार लाइभ म्युजिक, मिलनचोकदेखि निःशुल्क शटल सेवा

    • lumbinisanjal
    • २०८३ कार्तिक २१, शुक्रबार १४:०७
    325
    SHARES
    लुम्बिनी प्यालेस रिसोर्टमा हरेक शुक्रबार लाइभ म्युजिक, मिलनचोकदेखि निःशुल्क शटल सेवा

    बुटवल । रुपन्देहीको सियारी गाउँपालिकास्थित लुम्बिनी प्यालेस रिसोर्टले शुक्रबार साँझलाई थप रमाइलो र यादगार बनाउने उद्देश्यसहित नियमित लाइभ म्युजिक कार्यक्रम सुरु गरेको छ। स्तरीय आतिथ्य सेवासँगै मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने लक्ष्यका साथ रिसोर्टले हरेक शुक्रबार साँझ प्रत्यक्ष सांगीतिक कार्यक्रम सञ्चालनमा ल्याएको हो।

    शुक्रबारको साँझलाई संगीत, स्वाद र रमाइलोसँग जोड्ने योजनासहित सुरु गरिएको यस कार्यक्रमले बुटवल तथा आसपासका क्षेत्रका बासिन्दालाई मनोरञ्जनको नयाँ गन्तव्य उपलब्ध गराउने अपेक्षा गरिएको छ। व्यस्त दैनिकीबाट केही समय विश्राम लिँदै परिवार, साथीभाइ तथा आफन्तसँग गुणस्तरीय समय बिताउन चाहनेहरूका लागि रिसोर्टको लाइभ म्युजिक आकर्षक विकल्प बन्ने देखिएको छ।

    कार्यक्रममा सहभागी हुन चाहने पाहुनाको सहजताका लागि रिसोर्टले विशेष व्यवस्था पनि गरेको छ। बुटवलको मिलनचोकदेखि रिसोर्टसम्म हरेक शुक्रबार निःशुल्क शटल यातायात सेवा सञ्चालन गरिनेछ। रिसोर्टका निर्देशक (डाइरेक्टर अफ अपरेसन्स) विकास बेलबासेका अनुसार शुक्रबार दिउँसो ४ बजेदेखि मिलनचोकबाट रिसोर्टसम्म पाहुनालाई निःशुल्क यातायात सुविधा उपलब्ध गराइनेछ।

    यसले आफ्नै सवारीसाधन नभएका तथा सार्वजनिक यातायातमा निर्भर पाहुनालाई समेत रिसोर्टसम्म पुग्न सहज बनाउनेछ। यातायातको झन्झटबिना रिसोर्ट पुगेर सांगीतिक माहोलमा रमाउन सकिने भएपछि बुटवल र आसपासका क्षेत्रका बासिन्दाका लागि यो कार्यक्रम थप आकर्षक बन्ने विश्वास गरिएको छ।

    लुम्बिनी प्यालेस रिसोर्टले मनोरञ्जनात्मक कार्यक्रमसँगै अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवामा समेत विशेष ध्यान दिँदै आएको छ। विश्वप्रसिद्ध होटल तथा आतिथ्य व्यवस्थापन कम्पनी Marriott International सँगको व्यवस्थापन सहकार्यले रिसोर्टको सेवा गुणस्तर, व्यवस्थापकीय दक्षता र पाहुना सत्कारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    यस सहकार्यले लुम्बिनी तथा आसपासको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ। लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको आतिथ्य अनुभव प्रदान गर्नुका साथै क्षेत्रीय पर्यटन, लगानी र व्यावसायिक गतिविधि विस्तारमा समेत रिसोर्टको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।

    हरेक शुक्रबारको लाइभ म्युजिक र निःशुल्क शटल सेवामार्फत लुम्बिनी प्यालेस रिसोर्टले केवल आवास तथा आतिथ्य सेवामा मात्र नभई स्थानीयस्तरमै गुणस्तरीय मनोरञ्जन र पर्यटन प्रवर्द्धनमा समेत नयाँ पहिचान स्थापित गर्ने प्रयास गरेको छ।



    lumbinisanjal   
  • २०८३ कार्तिक २१, शुक्रबार १४:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP