• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७ लाख ७७ हजार बढी सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र २८, आईतवार १२:५६
    455
    SHARES
    बुटवल हस्पिटलद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७ लाख ७७ हजार बढी सहयोग

    बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि बुटवल हस्पिटल प्रा.लि.ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

    बुटवलमा २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले विपद्को समयमा प्रभावित नागरिकसँगै रहेको सन्देशसहित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
    हस्पिटलका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले उक्त रकम बराबरको चेक नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभयो। चेक हस्तान्तरण कार्यक्रममा हस्पिटलका सञ्चालक एवं जनप्रतिनिधि नरिश्वर शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।

    प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वासका साथ कोषमा रकम प्रदान गरिएको अध्यक्ष पौडेलले बताउनुभयो। उहाँका अनुसार हस्पिटलले यसअघि पनि प्रभावित क्षेत्रमा जाने अभियन्ता तथा सहयोगी समूहहरूमार्फत औषधिजन्य सामग्री पठाइसकेको छ।

    असहाय तथा विपन्न नागरिकलाई सहज रूपमा उपचार सेवा प्रदान गर्दै आएको हस्पिटलले विपद्का बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएको जनाएको छ।

    बुटवलको ज्योतिपथमा रहेको सय शय्या क्षमताको बुटवल हस्पिटलले अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि र पूर्वाधारको संयोजनमा विभिन्न विधाका स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

    लुम्बिनी प्रदेशको प्रमुख मल्टी–स्पेसियालिटी स्वास्थ्य संस्थामध्ये एकका रूपमा रहेको हस्पिटलले बिरामीकेन्द्रित र करुणामयी स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ। विपद्को समयमा आवश्यक पर्ने थप स्वास्थ्य सहयोगका लागि समेत हस्पिटल तयार र प्रतिबद्ध रहेको बताइएको छ ।



    lumbinisanjal   
  • २०८३ भाद्र २८, आईतवार १२:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP