• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    लुम्बिनी विकास बैंक र करिश्मा पोलिक्लिनिकबीच स्वास्थ्य सहकार्य, ग्राहकलाई विशेष छुट

    • lumbinisanjal
    • २०८३ भाद्र २४, बुधबार १६:१६
    1.2K
    SHARES
    लुम्बिनी विकास बैंक र करिश्मा पोलिक्लिनिकबीच स्वास्थ्य सहकार्य, ग्राहकलाई विशेष छुट

    बुटवल । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना ग्राहक तथा कर्मचारी वर्गलाई स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले बुटवलस्थित करिश्मा पोलिक्लिनिक प्रा.लिसँग  स्वास्थ्य सहकार्य गरेको छ। बैंकले स्वास्थ्य सेवामा ग्राहकलाई सहज पहुँच र अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न छुटको व्यवस्था गरेको जनाएको छ।

    सम्झौताअनुसार बैंकका डेबिट कार्डधारी तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले करिश्मा पोलिक्लिनिकमा उपलब्ध स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन्। पोलिक्लिनिकका फार्मेसीका सामग्रीमा १० प्रतिशत तथा अन्य सुविधामा १५ प्रतिशतसम्म छुट उपलब्ध हुने जनाइएको छ।

    लुम्बिनी विकास बैंकका लुम्बिनी प्रदेश प्रमुख सूर्य शेरचनले बैंकले वित्तीय सेवासँगै ग्राहकको दैनिक जीवनसँग जोडिएका आवश्यक सेवामा समेत सहकार्य विस्तार गर्दै आएको बताउनुभयो। उहाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ग्राहकलाई सहुलियत दिन गरिएको सहकार्यले बैंक र ग्राहकबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

    त्यस्तै, करिश्मा पोलिक्लिनिक प्रा.लि.का सञ्चालक अशोक राईले बैंकका ग्राहक तथा कर्मचारीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको बताउनुभयो। उहाँले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो।

    लुम्बिनी विकास बैंकले ग्राहक केन्द्रित सेवामा विभिन्न संस्थासँग सहकार्य गर्दै आएको छ। बैंकको आधिकारिक विवरणअनुसार बैंकले आफ्ना सेवामा प्रविधि र ग्राहक सुविधालाई प्राथमिकता दिँदै आएको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र २४, बुधबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP