• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    इन्टेलेक्चुअल एकेडेमी बुटवलद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार सहयोग

    • lumbinisanjal
    • २०८३ भाद्र १७, बुधबार १७:५७
    585
    SHARES
    इन्टेलेक्चुअल एकेडेमी बुटवलद्वारा प्रधानमन्त्री राहत कोषमा एक लाख एक हजार सहयोग

    बुटवल । बुटवलस्थित इन्टेलेक्चुअल एकेडेमीले विपद् प्रभावितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
    एकेडेमीले उक्त रकम प्याब्सन नेपालको राहत कोषमार्फत प्रधानमन्त्री राहत कोषमा प्रदान गरेको हो।

    एकेडेमीका प्रबन्ध निर्देशक रामराज पोखरेलले विपद्को कठिन समयमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जानकारी दिनुभयो।

    उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत विपद् प्रभावितको सहयोगमा एकेडेमीले आफ्नो तर्फबाट योगदान गरेको बताउनुभयो ।



    lumbinisanjal   
  • २०८३ भाद्र १७, बुधबार १७:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP