• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    रसुवा बाढीका घाइतेको आज बिहानैदेखि हेलिकप्टरमार्फत पुनः उद्धार हुँदै

    • lumbinisanjal
    • २०८३ भाद्र ११, बिहीबार ०६:२२
    416
    SHARES
    रसुवा बाढीका घाइतेको आज बिहानैदेखि हेलिकप्टरमार्फत पुनः उद्धार हुँदै

    बुटवल। रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि पुनः उद्धार हुँदैछ।

    नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकणको गएराति अबेर सम्पन्न बैठकले प्रभावित क्षेत्रका घाइतेलाई उद्धार गरी सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाको ब्यारेकमा स्थापना गरिने क्याम्पमा उपचार गर्ने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

    गम्भीर घाइतेलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ।

    घाइतेको अवस्था अनुसार प्राथमिकीकरण (वर्गीकरण) गरी उद्धार तथा उपचारलाई अघि बढाइनेछ। यसैगरी, प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ।



    lumbinisanjal   
  • २०८३ भाद्र ११, बिहीबार ०६:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP